Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘सुर्तीजन्य पदार्थको सेवनले २० भन्दा बढी प्रकारका क्यान्सर गराउँछ’

‘सुर्तीजन्य पदार्थको सेवनले २० भन्दा बढी प्रकारका क्यान्सर गराउँछ’

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वमा हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुन्छ । धूमपान नगर्नेभन्दा धूमपान गर्नेलाई जीवनकालमा फोक्सो क्यान्सर हुने सम्भावना २२ गुणा बढी हुन्छ । विश्वभर फोक्सोको क्यान्सरबाट हुने कुल मृत्युमा दुई तिहाइ मृत्यु धूमपानले गराउँछ ।यसैगरी यसले २० भन्दा बढी प्रकारका क्यान्सर गराउने अध्ययनहरुले देखाएका छन्।

धूमपान र धुवाँरहित सुर्तीको सेवनले मुखको क्यान्सर, ओठको क्यान्सर, घाँटीको क्यान्सर र अन्ननलीको क्यान्सर गराउँछ । यसैगरी घाँटीमा क्यान्सर भएको भागको शल्यक्रियाबाट हटाउँदा बनाउन घाँटीबाट श्वासनलीमा सानो प्वाल ट्राकियोस्टोमी गर्नुपर्ने हुनसक्छ । धूमपान गर्नेहरूमा गम्भीर म्येलोइड लुकिमिया नाक तथा नाकको भित्री भाग को क्यान्सर, कोलोरेक्टल मिर्गौला, अग्न्याशय , पेट र पाठेघरको क्यान्सर, र तल्लो मुत्रनलीको मुत्राथैली, मुत्रवाहिनी नली र रेनल पेल्भिस क्यान्सर विकास हुने उच्च जोखिम हुन्छ ।

केही अध्ययनले धूमपान र स्तन क्यान्सरको बढ्दो जोखिमबीच पनि सम्बन्ध हुने देखाएका छन् । विशेषगरी, अत्यधिक धूमपान गर्ने र पहिलो गर्भधानअघि नै धूमपान गर्ने महिलाहरूमा यस्तो जोखिम हुन्छ । धूमपानले हुमन पापिलोमा भाइरसबाट सङ्क्रमित महिलामा पाठेघरको मुखको क्यान्सर हुने जोखिम पनि बढाउँछ । धूमपान गर्नेमा दृष्टि क्षमता र श्रवण शक्ति हराउने जोखिम धेरै हुन्छ । धूमपानले आखाँको रोगहरू निम्त्याउँछ र ती रोगको उपचार नगरिएमा दृष्टि क्षमता पूर्ण रूपमा गुम्न पनि सक्छ ।

धूमपान नगर्नेभन्दा धूमपान गर्नेमा उमेरसँगै आखाको नानीको म्याकुला पातलो हुँदै जाने गति तीव्र हुन्छ र पछि गएर दृष्टि पूर्ण रूपमा गुम्ने हुन सक्छ । धूपमान गर्नेमा मोतीबिन्दुको जोखिम उच्च हुन्छ । यो भनेको आँखाको लेन्सको धमिलोपन बढेर उज्यालो छेक्ने समस्या हो । मोतीबिन्दुले दृष्टि क्षमतामा हानि गर्छ र दृष्टि फर्काउने एकमात्र विकल्प भनेको शल्यक्रिया हो ।

केही प्रमाणहरूले धूमपानबाट ग्लाउको नामक आँखाको रोग लाग्ने देखाएका छन् । यो भनेको आँखामा दबाब बढाउने एउटा अवस्था हो र आँखाको ज्योतिमा क्षति गर्न सक्छ । धूमपान गर्ने वयस्कहरूले श्रवणशक्ति गुमाउन सक्ने सम्भावना बढी हुन्छ ।

स्रोत : विश्व स्वास्थ्य संगठन

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन