Health TV Online
Health TV Online

नेपालमा पहिलोपटक मनाइयो विश्व अकुपञ्चर दिवस

नेपालमा पहिलोपटक मनाइयो विश्व अकुपञ्चर दिवस

हेल्थ टिभी अनलाइन \काठमाडौं :  नेपालमा पहिलोपटक विश्व अकुपञ्चर दिवस मनाइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले काठमाडौंमा आज एक छलफल कार्यक्रम गर्दै विश्व अकुपञ्चर दिवस मनाएको हो । अकुपञ्चर चिकित्सा धेरै रोगहरुमा प्रयोग गर्न सकिने चिकित्सा पद्धति हो । विश्व स्वास्थ्य संगठनका अनुसार ३ सय बढी रोग र अवस्थामा यसको प्रयोग गर्न सकिन्छ ।

ब्राजिलमा सन २०११ मा भएको फ्रेन्च कमिसन अफ वल्र्ड फेडेरेसन अफ अकुपञ्चर मोक्सिबुसन सम्बन्धी वैज्ञानिकको सम्मेलनले नोभेम्बर २२ लाई विश्व अकुपञ्चर दिवस मनाउने निर्णय गरेको थियो । त्यस यता अन्य देशहरुमा यो दिवस मनाउन थालिएको भए पनि नेपालमा भने यो दिवस मनााउने गरिएको थिएन । यसपटकदेखि नेपालमा पनि अकुपञ्चर दिवस मनाउन थालिएको र यसलाई निरन्तरता दिइने आयोजकले जनाएका छन्।

कार्यक्रममा अकुपञ्चर विशेषज्ञहरुले नेपालमा धेरै रोगहरु निको पार्नका लागि अकुपञ्चर पद्धति प्रयोग हुँदै आएको भए पनि सरकारी दरबन्दीको समस्या हुँदा यो क्षेत्रमा सोचे अनुरुप विकास हुन नसकेको गुनासो गरेका थिए ।

पहिलोपटक गरिएको कार्यक्रममा वल्र्ड फेडेरेसन अफ अकुपञ्चर मोक्सिबुसन सोसाइटीका सदस्य एवम यियानचिन युनिभर्सिटी अफ ट्रेडिसनल मेडिसिनका अकुपञ्चर विभागका डीन प्राडा कुवी इ ले नेपालमा पनि यो दिवस मनाउन लागेकोमा खुशी व्यक्त गर्दै भिडियो सन्देश पठाएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार