२४ घण्टामा ५९२ नमुना परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा जम्मा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५९२ जनाको नमुना परीक्षण गर्दा जम्मा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी आज १८ जना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशमा जम्मा ४०६ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ ।
‘क्षयरोगको उपचारसँगै पोषणमा पनि ध्यान दिन जरुरी हुन्छ’
भिटामिन ए खुवाउने कार्यक्रम आज पनि
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद यादव
आज र भोलि बालबालिकालाई ‘भिटामिन ए’ खुवाइँदै
काठमाडौं महानगरका वडाहरुमा आजदेखि नि:शुल्क क्यान्सर परीक्षण शिविर