Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मतदान केन्द्र अपांगमैत्री नहुँदा समस्या

मतदान केन्द्र अपांगमैत्री नहुँदा समस्या

हेल्थ टिभी अनलाइन\ काठमाडौं : पूर्वी नवलपरासीको कावासोती ६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गरेकी छन्। आफ्नो मत दिएर योग्य जनप्रतिनिधि छनोट गर्नुपर्ने भएकाले मतदान गर्न आएको उनले बताइन्।

शारीरिक रुपमा अशक्त ‘ह्विलचियर’को साहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको उनी बताउँछन्। कावासोती–६ विष्णुनगरको जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मत खसालिन्।

कावासोतीकै गोमता भूर्तेल पनि शारीरिक रुपमा अशक्त छिन्। उनी पनि ‘ह्विलचियर’ प्रयोग गर्छिन्। तर गत स्थानीय तहको निर्वाचनमा मतदानस्थल अपाङ्गमैत्री नहुँदा उनलाई मत खसाल्न गाह्रो भएको थियो।

देवचुली १५ कि ८८ वर्षे ज्ञानकुमारी श्रेष्ठ पनि ‘ह्विलचियर’ बिना आवतजावत गर्न सक्दिनन्। उनले मताधिकारको सहजताका लागि अपाङ्गतामैत्री मतदान केन्द्र हुनुपर्ने बताइन्।

समथर स्थानमा भन्दा पहाडी भेगमा मतदान केन्द्रसम्म पुग्न अपाङ्ग व्यक्तिहरुलाई असहजता हुने उनको भनाइ छ। कावासोतीका दलबहादुर पाण्डे दृष्टिविहीन छन्। उनलाई अरुको सहायतामा नभइ आफैं मत हाल्न मन छ। त्यो व्यवस्था अहिले नभएकाले त्यो सम्भव भएन। प्रविधिको प्रयोग र डिजिटल माध्यमबाट मत हाल्ने व्यवस्था भए दृष्टिविहीनलाई सहज हुने उनको भनाइ छ।

देशभरका कूल मतदातामध्ये दुई प्रतिशत अर्थात् करिब तीन लाख ६० हजार अपाङ्गता भएका मतदाता छन्। रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि