थपिए ८ जना कोरोना संक्रमित, देशभर सक्रिय संक्रमित ४४४
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
७ सय ७८ जनाको नमुना परीक्षण गरिएकोमा ८ जनामा कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै देशभर होम तथा संस्थागत आइसोलेसनमा रहने सक्रिय संक्रमितको संख्या ४४४ रहेको छ । पछिल्लो समय कोरोना संक्रमण दर कम हुँदै गएको छ । यसैगरी आज १७ जना संक्रमित संक्रमणमुक्त भएका छन।
मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना विरुद्धको खोप लगाउनेको संख्या शुन्य रहेको छ । नेपालमा हालसम्म १२ हजार १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?