देशभर सक्रिय कोरोना संक्रमितको संख्या पाँच सय भन्दा कम
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो समय कोरोना संक्रमण दर कम हुँदै गएको छ । अहिले देशभर ५ सय भन्दा कम सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म १२ हजार १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ । मन्त्रालयले कोरोना संक्रमण कम भएको भए पनि यसको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न सबैलाई आग्रह गर्दै आइरहेको छ ।
नेपालमा यही मंसीर ४ मा हुन गइरहेको आम निर्वाचनका क्रममा जनस्वास्थ्यका मापदण्ड सबैले पालना गरिदिन र बढी भिडभाड नगरिदिन समेत मन्त्रालयले सूचना जारी गर्दै आग्रह गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?