Health TV Online
Health TV Online

एशोसिएशन अफ स्पाइन सर्जन्स अफ नेपालको अध्यक्षमा डा विनोद बिजुक्छे

एशोसिएशन अफ स्पाइन सर्जन्स अफ नेपालको अध्यक्षमा डा विनोद बिजुक्छे

हेल्थ टिभी अनलाइन \काठमाडौं :  एशोसिएशन अफ स्पाइन सर्जन्स अफ नेपालको अध्यक्षमा डा विनोद बिजुक्छे निर्वाचित भएका छन् ।

शनिबार काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनबाट डा बिजुक्छे अध्यक्षतामा निर्विरोध चयन भएका हुन्। ९ सदस्यीय कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

एशोसिएशनको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा व्यापक पौडेल, महासचिवमा डा सुरज बज्राचार्य, उपमहासचिवमा डा ज्ञानेन्द्र शाह, कोषाध्यक्षमा डा राजेशकुमार चौधरी निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा डा दीपक काउछा, डा सुशील श्रेष्ठ, डा अनुप पोखरेल र डा सुवासचन्द्र झा निर्वाचित भएका छन्। डा विजुक्छे यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिए । स्पाइन सर्जन डा विजुक्छे ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर समेत हुन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार