मधुमेह सम्बन्धी जनचेतना जगाउन वाकाथन (फोटोफिचर)
हेल्थ टिभी अनलाइन \काठमाडौं : मधुमेह रोगबारे सचेतना जगाउन वाकाथन गरिएको छ ।
विश्व मधुेमह दिवसको अवसर पारेर ललितपुरको कुपन्डोलमा रहेको आरुस लाइफस्टाइल अस्पतालले शनिबार वाकाथन कार्यक्रमको आयोजना गरेको हो ।

पाटन दरबार स्क्वायरबाट सुरु भएको वाकाथन कुपन्डोल, पुल्चोक हुँदै माइतीघर मण्डलामा पुगेर सम्पन्न भएको थियो ।
वाकाथनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि सहभागी भएकी थिइन्। उनले अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मधुमेहबारे सचेतना जगाउनका लागि आरुस अस्पतालले गरेको कार्यक्रमको प्रशंसा गर्दै मधुमेहबारे बेलैमा सबैजना सचेत हुनुपर्ने र स्वस्थकर जीवनशैली अपनाउनुपर्नेमा जोड दिएकी थिइन ।

हरेक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाउने गरिन्छ ।








नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?