काठमाडौंमा सुरु भयो प्रत्यारोपण सम्बन्धी २ दिने अन्तराष्ट्रिय सम्मेलन
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा अंग प्रत्यारोपण सम्बन्धी दुई दिने दोस्रो अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । दुई दिन सम्म चल्ने उक्त सम्मेलन शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुुर र अंग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा गरिएको हो ।
काठमाडौंको नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा भइरहेको सम्मेलनमा जापान, अमेरिका, भारत, बंगलादेश लगायतका देशबाट प्रत्यारोपण विज्ञहरु आएर सहभागी भएका छन्। त्यसैगरी नेपालका प्रत्यारोपण विज्ञहरु सम्मेलनमा सहभागी हुने र छलफल गर्ने जनाइएको छ । विकासोन्मुख देशहरुमा अंग दानसम्बन्धी जनचेतना कम भएको भन्दै सोही विषयमा जनचेतना जगाउन र नेपालले गरिरहेको अंग प्रत्यारोपणसम्बन्धी जानकारी दिनका लागि सम्मेलन आयोजना गरिएको प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

सम्मेलनमा विभिन्न देशबाट आएका विज्ञहरुले मष्तिष्क मृत्यु र अंग दान र प्रत्यारोपणका विभिन्न विषयमा प्रस्तुतीकरण गर्नेछन्। सम्मेलन भोलिसम्म चल्नेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण