डा. मीता सिंहद्वारा लिखित ‘गणेशमान सिंहको संघर्ष’ नामक पुस्तक सार्वजनिक
हेल्थ टिभी अनलाइन\ काठमाडौं : डा मीता सिंहद्धारा लिखित गणेशमान सिंहको संघर्ष नामक पुस्तक सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।
नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको जीवनी रहेको उक्त पुस्तककी लेखिका डा मीता गणेशमान सिंहकी छोरी हुन्। उनले सिंहको १०८ औं जन्मोत्सवको अवसर पारेर उक्त पुस्तक सार्वजनिक गरेकी हुन्।
उक्त पुस्तकमा छोरी मीताले सन्तानको आँखाबाट बुवालाई नियाल्दा कस्तो पाएँ भन्ने कुरालाई केन्द्रमा राखेर पुस्तक लेखेको बताएकी छिन्। यसमा गणेशमान सिंहले आफनो जीवनकालमा गरेका संघर्षलाई समेटिएको जनाइएको छ । डा मीताले एक वर्ष अघि सो पुस्तक अंग्रेजी भाषामा प्रकााशित गरेकी थिइन ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?