Health TV Online
Health TV Online

मधुमेह दिवसमा ह्याम्स अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर

मधुमेह दिवसमा ह्याम्स अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व मधुमेह दिवसको अवसर पारेर काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले मधुमेहसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । आउँदो सोमबार पर्न गएको विश्व मधुमेह दिवसको दिन अस्पतालले नि:शुल्क शिविर गर्न लागेको जनाएको छ ।

१४ नोभेम्बरमा हरेक वर्ष मधुमेहसम्बन्धी जनचेतना जगाउन विश्व मधुमेह दिवस मनाउने गरिन्छ । यही दिवसको अवसर पारेर अस्पतालमा सोमबार बिहान १० बजेदेखि ५ बजेसम्म नि:शुल्क सुगर परीक्षण गरिने तथा विशेषज्ञ डाक्टरसँग परामर्श गर्न सकिनेछ ।

यसैगरी साे दिन अन्य परीक्षणहरुमा पनि विशेष छुट प्रदान गरिने अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार