मधुमेह दिवसमा ह्याम्स अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व मधुमेह दिवसको अवसर पारेर काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले मधुमेहसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । आउँदो सोमबार पर्न गएको विश्व मधुमेह दिवसको दिन अस्पतालले नि:शुल्क शिविर गर्न लागेको जनाएको छ ।
१४ नोभेम्बरमा हरेक वर्ष मधुमेहसम्बन्धी जनचेतना जगाउन विश्व मधुमेह दिवस मनाउने गरिन्छ । यही दिवसको अवसर पारेर अस्पतालमा सोमबार बिहान १० बजेदेखि ५ बजेसम्म नि:शुल्क सुगर परीक्षण गरिने तथा विशेषज्ञ डाक्टरसँग परामर्श गर्न सकिनेछ ।
यसैगरी साे दिन अन्य परीक्षणहरुमा पनि विशेष छुट प्रदान गरिने अस्पतालले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?