चिकित्सकलाई न्युट्रासिटिकल्स र फुड सप्लिमेन्ट प्रेस्क्राइब गर्न रोक
हेल्थ टिभी अनलाइन \काठमाडौं : भरतपुर अस्पतालले आफनो अस्पतालमा कार्यरत चिकित्सकलाई औषधि व्यवस्था विभागमा दर्ता नभएका न्युट्रासिटिकल्स तथा फुड सप्लिमेन्ट प्रेस्क्राइब गर्न बन्देज लगाएको छ । अस्पतालमा कार्तिक २० गते फुड तथा थेरापेटिक कमिटीको बैठक बसी सो बैठकले अबदेखि बिरामीलाई न्युट्रासिटिकल्स तथा फुड सप्लिमेन्ट प्रेस्क्राइब गर्न नपाउने निर्णय गरेको हो ।
योसँगै चिकित्सकले अबदेखि बिरामीलाई औषधि व्यवस्था विभागमा दर्ता नभएका न्ययुट्रास्युटिकल्स र फुड सप्लिमेन्ट प्रेस्काइब गर्न नपाउने भएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा औषधि व्यवस्था विभागमा दर्ता नभएका यस्ता बस्तुहरुको प्रेस्काइब गर्न नपाइने जनाइएको छ । अस्पतालमा न्युट्रास्यिुटिकल्स फुड सप्लिमेन्ट मनपरी ढंगले चिकित्सकले प्रेस्क्राइब गर्न थालेपछि यस्तो निर्णय गरिएको डा पौडेलले जनाएका छन्।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?