Health TV Online
Health TV Online

थप २५ जनामा कोरोना पुष्टि, देशभर सक्रिय संक्रमितको संख्या ५६९

थप २५ जनामा कोरोना पुष्टि, देशभर सक्रिय संक्रमितको संख्या ५६९

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार गत २४ घण्टामा १८ सय ४५ जनाको नमुना परीक्षण गरिएकोमा २५ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी २८ जना संक्रमित संक्रमणमुक्त भएको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ हजार २४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

नेपालमा हालसम्म १२ हजार १९ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार