थप २५ जनामा कोरोना पुष्टि, देशभर सक्रिय संक्रमितको संख्या ५६९
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार गत २४ घण्टामा १८ सय ४५ जनाको नमुना परीक्षण गरिएकोमा २५ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी २८ जना संक्रमित संक्रमणमुक्त भएको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ हजार २४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
नेपालमा हालसम्म १२ हजार १९ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?