एमालेको घोषणापत्र : स्यानिटरी प्याडका लागि प्रत्येक महिलालाई १५ सय दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेकपा एमालेले महिलाहरुलाई महिनावारीका बेला प्रयोग हुने स्यानिटरी प्याडका लागि आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ । एमालेले मंगलबार घोषणापत्र जारी गर्दै प्रत्येक महिलाका लागि गुणस्तरीय प्याड खरिदका लागि भन्दै वार्षिक रुपमा १५ सय रुपैयाँ उपलब्ध गराउने जनाएको हो ।
‘स्वस्थ महिनावारी १५सय बर्ष भरी’ नाराका साथ स्यानिटरी प्याड खरिदका लागि रकम उपलब्ध गराउने कुरा एमालेकाे घोषणापत्रमा उल्लेख छ ।
मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै दलहरुले आ आफनो घोषणा पत्र सार्वजनिक गर्ने क्रम जारी छ । यसैगरी स्वाथ्यका अन्य निकै महत्वकांक्षी योजनाहरु पनि एमालेले आप्ननाे घोषणा पत्रमा समावेश गरेको देखिन्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?