Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

हेल्थ टिभी अनलाइन \काठमाडौं : सर्वोच्च अदालतले डा. तोसिमा कार्कीको रिटमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलवार अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चको उक्त आदेशपछि प्रतिनिधि सभाकी उम्मेदवार कार्कीको उम्मेदवारी कायम हुने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा प्रतिनिधि सभाकी उम्मेदवार रहेकी कार्कीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा नदिएको भन्दै आयोगले अयोग्य ठहर गर्दै उम्मेदवारी खारेज गरेको थियो। आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध कार्की सोमबार सर्वोच्च अदालत गएकी थिइन् ।

कार्की लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो। नियमित तलब नपाइने भएपनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलाई निर्वाचन आयोगले लाभको पद भन्दै उनकोे उम्मेदवारी खारेज गरिदिएको थियो। तर डा कार्की मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्ध अदालत पुगेकी थिइन्। उनले योसँगै अदालतले आफूलाई न्याय दिएको प्रतिक्रिया दिएकी छिन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि