डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश
हेल्थ टिभी अनलाइन \काठमाडौं : सर्वोच्च अदालतले डा. तोसिमा कार्कीको रिटमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलवार अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चको उक्त आदेशपछि प्रतिनिधि सभाकी उम्मेदवार कार्कीको उम्मेदवारी कायम हुने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा प्रतिनिधि सभाकी उम्मेदवार रहेकी कार्कीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा नदिएको भन्दै आयोगले अयोग्य ठहर गर्दै उम्मेदवारी खारेज गरेको थियो। आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध कार्की सोमबार सर्वोच्च अदालत गएकी थिइन् ।
कार्की लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो। नियमित तलब नपाइने भएपनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलाई निर्वाचन आयोगले लाभको पद भन्दै उनकोे उम्मेदवारी खारेज गरिदिएको थियो। तर डा कार्की मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्ध अदालत पुगेकी थिइन्। उनले योसँगै अदालतले आफूलाई न्याय दिएको प्रतिक्रिया दिएकी छिन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?