थप १६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ६४१ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टामा १ हजार ११७ जनाको नमुना परीक्षण गरिएकोमा १६ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ३५ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट १२ हजार १९ जनाले ज्यान गुमाएका छन् भने निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।
हाल देशभर ६४१ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?