देशभर छन् ६९६ जना सक्रिय कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर अहिले ६९६ जना मात्र सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशमा ६९६ जना मात्र सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।
गत २४ घण्टामा ४१ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ६९६ पुगेको हो । नेपालमा कोरोना संक्रमण दर घट्दो अवस्थामा रहेको छ । यसबाट निको हुनेदर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।
हालसम्म नेपालमा १२ हजार १८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?