ह्याम्स अस्पतालले सुरु गर्यो आइभीएफ सेन्टर, स्वास्थ्यमन्त्रीद्धारा उद्घाटन
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले नि सन्तान दम्पत्तीहरुका लागि सेवा थप गर्दै ह्याम्स आइभीएफ सेन्टर सुरु गरेको छ । शुक्रबार अस्पतालमा आयोजित एक कार्यक्रममकाबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले उक्त सेन्टरको उद्घाटन गरेका हुन्।

भवन, सेटअप र मेडिकल टीम केही महिना अघि नै तयार भइसकेको भए पनि केही प्राविधिक कामहरु बाँकी रहेकाले सो सबै प्रक्रिया पूरा गरेर मात्र शुक्रबार स्वास्थ्यमन्त्रीद्धारा सेवा शुभारम्भ गरिएको अस्पतालका निर्देशक डा ज्योतिन्द्र शर्माले बताए । उनले भने, ‘हामीले यो सेवा सुरु गर्नका लागि लामो समयदेखि तयारी गर्दै आएका थियौं । सोही अनुरुप अत्याधुनिक प्रविधिसहितको यो सेवा सुरु गर्न सम्भव भएको छ ।’

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले ह्याम्स आइभीएफ टीमको नेतृत्व नेपालमै पहिलोपटक आइभीइफ सेवा सुरु गर्ने डा भोला रिजालले गरेकाले यहाँको सेवामा कुनै शंका गर्नुपर्ने कारण नै नरहेको भन्दै आफू यहाँबाट हुने सेवामा विश्वस्त रहेको बताए ।


कार्यक्रममा अस्पतालका अक्ष्यक्ष आरएस भण्डारीले ह्याम्सले आज आफनो सेवामा थप इँटा थप्न सफल भएको भन्दै यसमा साथ र सहयोग गर्ने सबैलाइै धन्यवाद दिए । उनले ह्याम्स आइभीएफ सेन्टरमा विश्वमा अहिले चलेको लेटेस्ट प्रविधि प्रयोग गरिएको भन्दै सेवा लिन आउन चाहनेले एक पटक भिजिट गरेर यहाँको सेवा हेर्न सक्ने समेत जिकीर गरे । उनले आफूहरुले गुणस्तरीय र उत्कृष्ट उपचारमा कुनै कसर बाँकी नराखेको समेत जानकारी दिए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य