इन्डोनेशिया : ९९ बालबालिकाको मृत्युपछि सबै खालका झोल औषधिमाथि प्रतिबन्ध
हेल्थ टिभी अनलाइन : ९९ जना बालबालिकाको मृत्यु भएपछि इन्डोनेशियामा सबै खालका सिरप तथा झोल औषधि बेच्न रोक लगाइएको छ।
द गाम्बियामा ७० बालबालिकाको मृत्यु भएको घटनामा खोकीको औषधिको सम्बन्ध रहेको पाइएको केही सातापछि इन्डोनेशियामा उक्त निर्णय लिइएको हो।
केही सिरप औषधिमा मिर्गौलामा गम्भीर असर पार्ने अक्यूट किड्नी इन्जरी (एकेआई) गराउने पदार्थहरू फेला परेको र त्यसैका कारण ९९ बालबालिकाको ज्यान गएको इन्डोनेशियाको दाबी छ।
इन्डोनेशियामा प्रतिबन्धित औषधिहरू विदेशबाट आयात गरिएका हुन् वा स्थानीय उत्पादन हुन् भन्ने कुरा भने स्पष्ट पारिएको छैन। बिहीवार इन्डोनेशियाका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार त्यहाँ झन्डै २०० बालबालिकामा एकेआई देखिएको छ। तीमध्ये अधिकांश पाँच वर्षभन्दा कम उमेर समूहका छन्।
विश्व स्वास्थ्य सङ्गठनले यो महिनाको सुरुतिर द गाम्बियामा झन्डै ७० बालबालिकाको मृत्युको कारणसँग सम्बन्धित देखिएको भन्दै खोकीका चारवटा औषधिबारे विश्वव्यापी चेतावनी जारी गरेको थियो।
एउटा भारतीय औषधि कम्पनीले उत्पादन गरेका ती सिरपहरूमा डाईएथलीन ग्लाइकोल र एथलीन ग्लाइकोलजस्ता पदार्थ अस्वीकार्य मात्राूमा भएको डब्ल्यूएचओले जनाएको छ।
डब्ल्यूएचओका अनुसार ती सिरपहरूले अक्यूट किड्नी इन्जरी गराएको हुनसक्ने ठानिएको छ।
इन्डोनेशियाका स्वास्थ्यमन्त्रीले बिहीवार स्थानीय रूपमा प्रयोग हुने केही औषधिहरूमा पनि उस्तै रासायनिक पदार्थ भेटिएको बताएका छन्।
बीबीसीबाट





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’