डेंगुबाट मृत्यु हुनेको संख्या ५१ पुग्यो, संक्रमित ४२ हजार भन्दा धेरै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा डेंगु संक्रमण भएर मृत्यु हुनेको संख्या ५१ पुगेको छ । यसैगरी डेंगु संक्रमितको संख्या बिहिबारसम्म ४२ हजार ५०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संख्या साउन महिना यताको मात्र हो । देशका सातै प्रदेश र ७७ जिल्ला नै पुगिसकेको डेंगु सबै भन्दा बढी बागमती प्रदेशमा देखिएको छ । डेंगु संक्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा डेंगु रोग लाग्ने गर्छ ।
डेंगु लाग्दा उच्च ज्वरो आउने, शरीर दुख्ने, थकान महशुस हुने, खान मन नलाग्ने शरीर चिलाउने जस्ता लक्षण देखिने हुन्छन ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?