आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज र भोलि बालबालिकाहरुलाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ भने १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको खौषधि खुवाइने छ। करिब २५ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको मन्त्रालयले जनाएको छ।
बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन सकिने मन्त्रालयले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?