Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्टार अस्पतालद्धारा कलेजो प्रत्यारोपण सम्बन्धी छलफल कार्यक्रमको आयोजना

स्टार अस्पतालद्धारा कलेजो प्रत्यारोपण सम्बन्धी छलफल कार्यक्रमको आयोजना

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको सानेपास्थित स्टार अस्पतालले मृत्यु भइसकेका दाताको कलेजो प्रत्यारोपण सम्बन्धी एक दिने बृहत छलफल कार्यक्रमको आयोजना गरेको छ । सोमबार ललितपुरको संखमुलस्थित यल दरबारमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन सक्रमा अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीले नेपालमा मानव अंग प्रत्यारोपणका क्षेत्रमा प्राइभेट क्षेत्रले पनि हातेमालो गर्नुपर्ने भन्दै स्टार अस्पतालले अन्तराष्ट्रिय विज्ञहरु बोलाएर यस्तो बृहत छलफल गरेको जनाए । उनले स्टार अस्पताल यो क्षेत्रमा सेवा दिन तयार रहेको भन्दै सबै पक्षको साथ र सहयोगको अपेक्षा गरेको समेत जिकीर गरे । कार्यक्रममा विज्ञहरुले मिर्गौला प्रत्योरोपणमा राम्रो प्रगति भएको भए पनि कलेजो प्रत्यारोपणमा भने खासै प्रगति हुन नसकेको जनाएका थिए । अझ ब्रेन डेथपछिको प्रत्यारोपण अघि बढ्नै नसकेको उनीहरुको भनाई थियो ।

विज्ञहरुले मरेपछि खेर जाने अंग दान दिँदा धेरैको ज्यान जोगिन्छ भन्ने कुरा आम नागरिकमा बुझाउन जरुरी रहेको समेत जनाए । काेरिया भारत, सिंगापुर लगायतका विज्ञहरुले आ आफनो देशमा भएका मानव अंग प्रत्यारोपणकाबारेमा प्रस्तुती दिएका थिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले मानव अंग प्रत्यारोपणका क्षेत्रमा कानूनहरु संसोधन गर्नुपर्ने भए राय सुक्राव दिन आग्रह गरे । उनले जनमानसमा अझै पनि मरिसकेपछिको अंग दान गर्ने विषयमा सचेतना नभएको भन्दै यसमा पनि जोड दिनुपर्ने बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि