शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि अस्पताललाई
हेल्थ टिभी अनलाइन \काठमाडाैं : १०३ वर्षीय शताब्दी पुरुष सत्यमोहन जोशीको शरीर अध्ययनका लागि अस्पताललाई दान दिइएको छ।
उनकै इच्छा बमोजिम परिवारले जोशीको पार्थिव शरीर ललितपुरस्थित किस्ट मेडिकल कलेजलाई दान गरेको हो । उनले आफू १०० वर्षभन्दा बढी बाँच्नुमा के कारण के हुन सक्छ तथा आफना अंगहरुको अवस्थाकाबारेमा चिकित्सा विज्ञानमा नौलो अध्ययन हुनसक्ने भन्दै मृत्युपछि अध्ययन गर्नु भन्दै शरीर दान गर्ने इच्छा व्यक्त गरेका थिए । सोही बमोजिम ललितपुर महानगरपालिकाको रोहवरमा किस्ट मेडिकल कलेजसँग सम्झौता भएको थियो ।
जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको थियो । निधनपछि श्रद्धान्जलीका लागि पार्थिव शरीर परिवारलाई दिइएको भए पनि पछि अस्पताललाई नै बुझाइएको छ । अस्पतालले उनको शरीरलाई संरक्षण गरी राख्ने र अध्ययन गर्ने जनाएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य