Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि अस्पताललाई

शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि अस्पताललाई

हेल्थ टिभी अनलाइन \काठमाडाैं : १०३ वर्षीय शताब्दी पुरुष सत्यमोहन जोशीको शरीर अध्ययनका लागि अस्पताललाई दान दिइएको छ।

उनकै इच्छा बमोजिम परिवारले जोशीको पार्थिव शरीर ललितपुरस्थित किस्ट मेडिकल कलेजलाई दान गरेको हो । उनले आफू १०० वर्षभन्दा बढी बाँच्नुमा के कारण के हुन सक्छ तथा आफना अंगहरुको अवस्थाकाबारेमा चिकित्सा विज्ञानमा नौलो अध्ययन हुनसक्ने भन्दै मृत्युपछि अध्ययन गर्नु भन्दै शरीर दान गर्ने इच्छा व्यक्त गरेका थिए । सोही बमोजिम ललितपुर महानगरपालिकाको रोहवरमा किस्ट मेडिकल कलेजसँग सम्झौता भएको थियो ।

जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको थियो । निधनपछि श्रद्धान्जलीका लागि पार्थिव शरीर परिवारलाई दिइएको भए पनि पछि अस्पताललाई नै बुझाइएको छ । अस्पतालले उनको शरीरलाई संरक्षण गरी राख्ने र अध्ययन गर्ने जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन