Health TV Online
Health TV Online

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक, आइसीयूमा उपचार हुँदै

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक, आइसीयूमा उपचार हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : संस्कृतिविद् एवम वाङ्‍मय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदै गएपछि आइसीयूमा उपचार भइरहेको छ ।

ललितपुरको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जानकारी दिएको हो ।

अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् । उनी असोज २३ गते छातीमा निमोनिया भएर अस्पताल भर्ना भएका थिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार