गत २४ घण्टामा ८ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित ५७३
हेल्थ टिभी अनलाइन\ काठमाडौं: गत २४ घण्टामा देशभर ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ सय २९ जनाको नमुना परीक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५७३ रहेको छ । यसैगरी यहीवच ६१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।
उता संक्रमण हुने दर पनि घटिरहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट १२ हजार १८ जनाको मृत्यु भएको छ ।
‘क्षयरोगको उपचारसँगै पोषणमा पनि ध्यान दिन जरुरी हुन्छ’
भिटामिन ए खुवाउने कार्यक्रम आज पनि
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद यादव
आज र भोलि बालबालिकालाई ‘भिटामिन ए’ खुवाइँदै
काठमाडौं महानगरका वडाहरुमा आजदेखि नि:शुल्क क्यान्सर परीक्षण शिविर