थप ११ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमित ६८५ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३२८ नमुना परीक्षण गरिएकोमा जम्मा ११ जनामा मात्र संक्रमण पुष्टि भएको हो ।
यसैगरी ५७ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर जम्मा ६८५ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म १२ हजार १८ जनाको मृत्यु भएको छ भने निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?