चाडपर्वको बेलामा खानेकुरामा ध्यान दिनुपर्ने कुरा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालीहरुको महान चाड दशैं तिहार नजिकिंदैछ । दशैं त घर आँगनमै आइसकेको छ । दशैंमा विशेष गरी मासुका विभिन्न परिकार बनाएर खाने चलन छ ।
याे बेला घर घरमै खसी बोका, कुखुरा आदी काटिने हुँदा यो बेला मासु धेरै नै हुने गर्छ । यसरी काटिएका मासुलाई सही रुपमा राख्न सकिएन भने यसले स्वास्थ्यमा असर पुराउन सक्छ । त्यसैले यसको सही व्यवस्थपान गर्न जरुरी हुन्छ । सकेसम्म मासु बासी राखेर नखाएकै राम्रो । राख्नै परेमा फ्रिजमा राम्ररी छोपेर राख्नुपर्छ । यसैगरी मासुलाई राम्ररी पकाएर मात्र खानु पर्दछ । नपाकेका खानेकुराले पखाला लागने, पेट दुख्ने तथा अपच हुनसक्छ । यसैगरी आगोमा पोलेका र तारेका मासु खानु स्वास्थ्यका लागि हानिकारक हुन्छन्।
अर्को कुरा मासु खाँदा सकेसम्म कम चिल्लो र कम बोसो भएको मात्र खानु पर्दछ । मासु खाएका बेला प्रसस्त हरिया सागसब्जी खाँदा यसलाई पचाउन सजिलो हुन्छ । यसैगरी बढी गुलिया मिठाई, चिसो पेय पदार्थ जस्ता खानेकुराबाट सकेसम्म टाढा नै रहेको राम्रो ।
चाडबाड त हो नी भन्दै कोची कोची खानेकुरा नखाउँ । परिवार, साथीभाईसँग चाडबाड रमाइलोसँग मनाउँ तर आफनो स्वास्थ्यको पनि ख्याल गरौं ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?