Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८८९

देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८८९

हेल्थ टिभी अनलाइन \काठमाडौं : अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या जम्मा ८८९ रहेको छ । पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएर जम्मा ८८९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । उता यहीवीच ६६ जना संक्रमित निको भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट १२ हजार १८ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये ९ जनाको आइसीयूमा उपचार भइरहेको छ ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि