देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८८९
हेल्थ टिभी अनलाइन \काठमाडौं : अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या जम्मा ८८९ रहेको छ । पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएर जम्मा ८८९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । उता यहीवीच ६६ जना संक्रमित निको भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट १२ हजार १८ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये ९ जनाको आइसीयूमा उपचार भइरहेको छ ।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?