दशैंका बेला काठमाडौंमा नि:शुल्क एम्बुलेन्स सेवा
हेल्थ टिभी अनलाइन \काठमाडौं : दशैंका बेला काठमाडौं महानगरपालिकाले डेंगु संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।
काठमाडौंमा डेंगुले महामारीको रुप लिइरहेकाले यो बेला महानगरले नागरिकको स्वास्थ्यलाई हेरेर नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।
महानगरका अनुसार दशैंको बिदाको समयमा पनि डेंगुबारे जानकारी लिने र बिरामीलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । एम्बुलेन्सका लागि १०२ मा फोन गरेर सेवा लिन सकिने जनाइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?