नेपालमा डेंगुबाट ३९ जनाको मृत्यु, ३० हजारभन्दा बढी पुगे बिरामी
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शनिबारसम्म ३९ जनाको डेंगु संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबारसम्म देशभर ३९ जनाको डेंगुकै कारण मृत्यु भएको छ । यसैगरी ३० हजार १८६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
नेपालमा साउन उता संक्रमण दर बढ्दै यो अवस्थामा पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन्। डेगु संक्रमित लामखुट्टेले टोकेमा डेंगु हुने गर्छ । यसबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो ।
काठमाडौं महानगरका वडाहरुमा आजदेखि नि:शुल्क क्यान्सर परीक्षण शिविर
सिगरेटको विकल्प ई -सिगरेट होइन
‘स्ट्रोकको उपचारमा समय सबैभन्दा महत्वपूर्ण मानिन्छ’
वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम, छुट खोप पनि दिइने
शारीरिक गतिविधिले हुने फाइदाहरू