गंगालाल अस्पतालमा शल्यक्रिया नै नगरी चार जनामा मुटुको भल्भ प्रत्यारोपण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंकाे बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रिया नै नगरी ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेसन’ विधिबाट चार जनामा मुटुको भल्भ प्रत्यारोपण गरिएको छ।
गत १६ फागुनमा पहिलो पटक एक जना ८० वर्षीया महिलामा ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेसन’ विधिबाट भल्भ प्रत्यारोपण गरिएको थियो भने त्यसयता तीन जनामा यो प्रविधिबाट भल्भ प्रत्यारोपण गरिएको केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले बताए ।
विश्वमै जटिल मानिएको यस प्रकारको भल्भ प्रत्यारोपण नेपालमा अहिलेसम्म ५ जना बिरामीमा भएको छ । चार जनाको गंगालालमा हुँदा एक जनाको भने ह्याम्स अस्पतालमा भएको हो ।
बिहिबार विश्व मुटु दिवसको अवसरमा आयोजित कार्यक्रममा केन्द्रका निर्देशक डा अधिकारीले गंगालालमा मुटुसम्बन्धी जटिल भन्दा जटिल शल्यक्रिया तथा नयाँ नयाँ प्रविधिमार्फत मुटुको उपचार सम्भव भएको भन्दै अब मुटु उपचारकै लागि भनेर विदेश जान नपर्ने जिकीर गरे ।
कार्यक्रममा मुटु रोगका जोखिम तथा यसबाट बच्ने उपायका बारेमा छलफल भएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?