Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गंगालाल अस्पतालमा शल्यक्रिया नै नगरी चार जनामा मुटुको भल्भ प्रत्यारोपण

गंगालाल अस्पतालमा शल्यक्रिया नै नगरी चार जनामा मुटुको भल्भ प्रत्यारोपण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंकाे बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रिया नै नगरी ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेसन’  विधिबाट चार जनामा मुटुको भल्भ प्रत्यारोपण गरिएको छ।

गत १६ फागुनमा पहिलो पटक एक जना ८० वर्षीया महिलामा ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेसन’  विधिबाट भल्भ प्रत्यारोपण गरिएको थियो भने त्यसयता तीन जनामा यो प्रविधिबाट भल्भ प्रत्यारोपण गरिएको केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले बताए ।

विश्वमै जटिल मानिएको यस प्रकारको भल्भ प्रत्यारोपण नेपालमा अहिलेसम्म ५ जना बिरामीमा भएको छ । चार जनाको गंगालालमा हुँदा एक जनाको भने ह्याम्स अस्पतालमा भएको हो ।

बिहिबार विश्व मुटु दिवसको अवसरमा आयोजित कार्यक्रममा केन्द्रका निर्देशक डा अधिकारीले गंगालालमा मुटुसम्बन्धी जटिल भन्दा जटिल शल्यक्रिया तथा नयाँ नयाँ प्रविधिमार्फत मुटुको उपचार सम्भव भएको भन्दै अब मुटु उपचारकै लागि भनेर विदेश जान नपर्ने जिकीर गरे ।

कार्यक्रममा मुटु रोगका जोखिम तथा यसबाट बच्ने उपायका बारेमा छलफल भएको थियो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि