Health TV Online
Health TV Online

डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो

डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ जनाको डेंगुबाट मृत्यु भएसँगै देशभर डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको हो ।

यसैगरी कुल संक्रमितको संख्या २८ हजार १०९ पुगेको छ । सरकारले डेंगु संक्रमणका लागि अभियान चलाएको भने पनि दिन प्रतिदिन डेंगुबाट संक्रमण पुष्टि हुनेको संख्या बढिरहेको छ भने मृत्यु दर पनि उकालो लागिरहेको छ ।

डेंगु संक्रमण संक्रमित लामखुट्टेको टोकाइबाट हुने गर्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन