मुटु दिवसमा ह्याम्स अस्पतालको वाकाथन
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व मुटु दिवसको अवसरमा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालले वाकाथन कार्यक्रम गरेको छ ।
बिहिबार अस्पताल प्रांगणबाट निस्किएको र्याली रिंगरोड हुँदै नारायणगोपाल चोक पुगेर पुन अस्पताल फर्केर समापन भएको थियो । स्वस्थ मुटुको निम्ति नियमित व्यायामको महत्वलाई जोड दिने हेतुले अस्पतालले वाकाथन कार्यक्रमको आयोजना गरेकाे जनाएको छ ।
वाकाथनमा अस्पतालका चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मी, स्थानीय गरी सय बढी सहभागी भएका थिए । हरेक वर्षको सेप्टेम्बर २९ मा विश्व मुटु दिवस मनाउने गरिन्छ । यसपटकको मुटु दिवसको नारा ‘मन लगाउ, सबैको मुटु बचाउ’ रहेको छ ।







नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?