नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन महिना यता बुधबारसम्म डेंगु संक्रमण भएर मृत्यु हुनेको संख्या ३६ पुगेको हो । यसैगरी डेंगु संक्रमण पुष्टि हुनेको संख्या नै २७ हजार ५६९ पुगेको छ । ७६ जिल्लामा फैलिएको डेंगु सबैभन्दा बढी बागमती प्रदेशमा देखिएको छ । बागमती प्रदेशमा मात्रै २१ हजार ५८९ जना डेंगु संक्रमित पुष्टि भइसकेका छन्।
डेंगु संक्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा डेंगु सर्ने गर्छ । डेंगु संक्रमण नेपालमा पहिलोपटक विसं २०६१ सालमा एक जना विदेसी नागरिकमा पुष्टि भएको थियो । त्यसयता प्रत्येक वर्ष डेंगु संक्रमण देखिंदै आएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?