डा सुवास आचार्य अभिनित म्युजिक भिडियो ‘यो मन दिएँ’ सार्वजनिक
हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगंजमा कार्यरत डा सुवास आचार्य अभिनित म्युजिक भिडियो ‘यो मन दिएँ’ सार्वजनिक भएको छ ।
मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । डा सुवासले अभिनय गरेको यो पाँचौं म्युजिक भिडियो हो । यसअघि उनले ४ वटा म्युजिक भिडियोमा अभियन गरिसकेका छन्।
मोडल समेत रहेका डा आचार्य आफनो डाक्टरी पेशाबाट बचेको समयमा आफूले आफनो शौख पूरा गर्नकै लागि अभिनय गर्ने गरेको बताउँछन्। उनले आफनो रुचिलाई कसैले पनि मार्न नहुने भन्दै यसलाई पूरा गर्न आफैले समय निकाल्नुपर्ने बताए। यसले जीवनमा थप उर्जा र सकारात्मक सोचाई बढाउने उनको भनाई छ ।
उक्त म्युजिक भिडियो गीतमा चर्चित गायिका शुबानी मोक्तानको स्वर रहेको छ । शब्द र गीत भने त्रिवि शिक्षण अस्पतालकै ल्याबका कर्मचारी रबिन्द्र पौडेलले दिएका हुन्। माया प्रेम एवम समर्पणसँग सम्बन्धित उक्त म्युजिक भिडियोमा डा सुवाससँग अभिनयमा साथ दिएकी छिन् नायिका संचिता लुइँटेलले ।
म्युजिक भिडियोलाई सोनाम पाख्रिन तामाङले निर्देशन गरेका हुन्।
हेरौं भिडियो :





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?