Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा सुवास आचार्य अभिनित म्युजिक भिडियो ‘यो मन दिएँ’ सार्वजनिक

डा सुवास आचार्य अभिनित म्युजिक भिडियो ‘यो मन दिएँ’ सार्वजनिक

हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगंजमा कार्यरत डा सुवास आचार्य अभिनित म्युजिक भिडियो ‘यो मन दिएँ’ सार्वजनिक भएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । डा सुवासले अभिनय गरेको यो पाँचौं म्युजिक भिडियो हो । यसअघि उनले ४ वटा म्युजिक भिडियोमा अभियन गरिसकेका छन्।

मोडल समेत रहेका डा आचार्य आफनो डाक्टरी पेशाबाट बचेको समयमा आफूले आफनो शौख पूरा गर्नकै लागि अभिनय गर्ने गरेको बताउँछन्। उनले आफनो रुचिलाई कसैले पनि मार्न नहुने भन्दै यसलाई पूरा गर्न आफैले समय निकाल्नुपर्ने बताए। यसले जीवनमा थप उर्जा र सकारात्मक सोचाई बढाउने उनको भनाई छ ।

उक्त म्युजिक भिडियो गीतमा चर्चित गायिका शुबानी मोक्तानको स्वर रहेको छ । शब्द र गीत भने त्रिवि शिक्षण अस्पतालकै ल्याबका कर्मचारी रबिन्द्र पौडेलले दिएका हुन्। माया प्रेम एवम समर्पणसँग सम्बन्धित उक्त म्युजिक भिडियोमा डा सुवाससँग अभिनयमा साथ दिएकी छिन् नायिका संचिता लुइँटेलले ।

म्युजिक भिडियोलाई सोनाम पाख्रिन तामाङले निर्देशन गरेका हुन्।

हेरौं भिडियो : 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि