Health TV Online
Health TV Online

डा. शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार

डा. शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार

हेल्थ टिभी अनलाइन \काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसनले अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार २०२२ प्रदान गर्ने भएको छ।

अमेरिकाको क्यालिफोर्नियामा रहेको एसोसिएसनले डा पुनलाई ११ सय अमेरिकी डलरको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। एसोसिएसनले डा पुनलाई विगत केही वर्ष यता नेपालमा फैलिएको प्राणघातक संक्रामक रोगबाट नेपालीलाई जोगाउन खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उक्त पुरस्कार प्रदान गर्न लागेकाे हो ।

डा पुनले आफू सधैं नै बिरामीको सेवामा तल्लीन रहिरहेका बेला यो पुरस्कारले थप उर्जा प्रदान गरेको प्रतिक्रिया दिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार