डा. शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार
हेल्थ टिभी अनलाइन \काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसनले अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार २०२२ प्रदान गर्ने भएको छ।
अमेरिकाको क्यालिफोर्नियामा रहेको एसोसिएसनले डा पुनलाई ११ सय अमेरिकी डलरको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। एसोसिएसनले डा पुनलाई विगत केही वर्ष यता नेपालमा फैलिएको प्राणघातक संक्रामक रोगबाट नेपालीलाई जोगाउन खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उक्त पुरस्कार प्रदान गर्न लागेकाे हो ।
डा पुनले आफू सधैं नै बिरामीको सेवामा तल्लीन रहिरहेका बेला यो पुरस्कारले थप उर्जा प्रदान गरेको प्रतिक्रिया दिएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?