Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२४ हजारभन्दा बढी पुगे डेंगुका बिरामी, बागमती प्रदेशमै १९ हजार

२४ हजारभन्दा बढी पुगे डेंगुका बिरामी, बागमती प्रदेशमै १९ हजार

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण दिन प्रतिदिन बढिरहेको छ ।

आइतबारसम्म कुल संक्रमितको संख्या २४ हजार ४९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ । तीमध्ये १९ हजार डेंगुका बिरामी बागमती प्रदेशमा रहेका छन्। हालसम्म २९ जनाले डेंगुका कारण ज्यान गुमाएका छन्। देशका सातै प्रदेश र ७६ जिल्लामा फैलिएको डेंगु अब एउटा जिल्लामा मात्र फेला परेको छैन्।

नेपालमा पहिलोपटक वि सं २०६१ सालमा देखिएको डेंगुले बढी क्षति यसपटक गरेको देखिन्छ । डेंगु फैलाउने लामखुट्टे पहाडी क्षेत्रमा समेत सक्रिय हुन थालेका छन्। जबकी पहिले लामखुट्टे तराई भागमा मात्र देखिने गर्दथ्यो । सरकारले डेंगुबाट जोगिन पूरा बाहुला भएको लगाउन तथा आफनो घर- कार्यालय वरपर पानी जम्न नदिन आग्रह गर्दै आएको छ ।

सफा पानीमा अण्डा पार्ने यस लामखुट्टेले रातीभन्दा पनि बिहान र साँझ पख बढी टोक्ने हुँदा विशेष ख्याल गर्न आग्रह गरिएको छ । अहिले देशभर नै अस्पतालमा डेंगुका बिरामी अस्पताल भर्ना हुने क्रम बढिरहेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन