दुई महिनामा डेंगुबाट २० जनाको मृत्यु, १६ हजार नाघ्यो संक्रमितको संख्या
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा दुई महिनामा २० जनाको डेंगु संक्रमणका कारण मृत्यु भएको छ ।
यसैगरी डेंगु संक्रमण पुष्टि हुनेको संख्या १६ हजार ५८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले यो संख्या साउन महिना यताको भएको जनाएको छ । नेपालमा डेंगु संक्रमण दिन प्रतिदिन बढिरहेको छ भने अहिले सात प्रदेशका ७५ जिल्लामा डेंगु पुष्टि भइसकेको छ ।
मनाङ र हुम्ला दुई जिल्लामा मात्र डेंगु देखिएको छैन्। डेंगु संक्रमण संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।
सबैभन्दा धेरै डेंगु संक्रमण बागमती प्रदेशमा देखिएको छ । बागमतीमा मात्रै १२ हजार ४०१ जनामा डेंगु पुष्टि भएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?