डेंगुबाट हालसम्म १३ जनाको मृत्यु, १३ हजारमा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २ महिनामा १३ जनाको डेंगु संक्रमणका कारण मृत्यु भएको छ ।
यसैगरी हालसम्म १३ हजार ७ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका सातै प्रदेशमा र ७५ जिल्लामा डेंगु फैलिएको छ भने यो संक्रमण दर दिन प्रतिदिन बढिरहेको छ । नेपालमा पहिलाेपटक विस २०६१ मा डेंगुको बिरामी फेला परेको र त्यसयता प्रत्येक वर्ष डेंगु संक्रमण देखिंदै आएको मन्त्रालयले जनाएको छ ।
यसपटक बागमती प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । कुल संक्रमितमध्ये ९ हजार ९७१ जना बागमती प्रदेशमा रहेका छन् । त्यसपछि लुम्बिनीमा १५ सय १० र तेस्रोमा प्रदेश १ मा ४१७ जना रहेका छन्।
डेंगु लामखुट्टेको टोकाईबाट सर्ने हुँदा यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न अपनाउनुपर्ने सबै सतर्कता अपनाउन सरकारले सबैलाई आग्रह गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?