डा गोविन्द केसीको मागप्रति हामी गम्भीर छौं : स्वास्थ्य राज्यमन्त्री
हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीको माग प्रति आफू गम्भीर रहेको बताएका छन् ।
स्वास्थ्य राज्यमन्त्री केसीले डा केसीले उठाएका मागहरुका विषयमा गहन छलफल भइरहेको समेत बताएका छन्। उनले भने, ‘ डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको विषयप्रति स्वास्थ्य मन्त्रालयकाे ध्यानाकर्षण भएको छ । यो विषयलाई समाधान गर्न अन्तरमन्त्रालय समन्वय आवश्यक छ । हामीले यस विषयमा छलफल गरिरहेका छौं । ‘
डा केसी भदौ २७ गतेदेखि धनगढीमा आमरण अनसनमा छन्। अनसन बसेको तेस्रो दिन नै उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ । उनको स्वास्थ्य अवस्था खस्कँदै गएको छ ।
तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, जनसंख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने लगायतका ६ बुँदै माग राख्दै डा केसी २० औं पटक अनसनरत छन् ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य