डेंगुका बिरामीका लागि काठमाडौं महानगरले सुरु गर्यो नि: शुल्क हटलाइन सेवा
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाले डेंगु संक्रमण बढेसँगै नि:शुल्क हटलाइन टेलिफाेन र एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरका प्रमुख बालेन शाहले डेंगुका बिरामीले आवश्यक पर्दा १०२ मा फोन गरेर नि: शुल्क एम्बुलेन्स सेवा लिन सक्ने बताएका हुन्।
मेयर शाहले डेंगु संक्रमित भए वा संक्रमित भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीहरूसँग परामर्श गर्न सकिने पनि बताएका छन्। साथै महानगरले डेंगुका रोकथाम र नियन्त्रणमा आफ्नो घर घर र टोल टोलमा सबै जना सक्रिय भएर लाग्न पनि उनले आग्रह गरेका छन्।
उनले डेंगु समुदायमा फैलिसकेकाले त्यसको रोकथाम र नियन्त्रणका लागि सचेतना तथा क्रियाशीलताको आवश्यकता रहेको पनि बताए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?