Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं महानगरमा असोज १ बाट सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ निषेध

काठमाडौं महानगरमा असोज १ बाट सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ निषेध

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रमा आगामी असोज १ गतेदेखि सबै प्रकारका सुर्तीजन्य पदार्थ निषेध गरेको छ।

महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै असोज १ गतेदेखि सार्वजनिक स्थलमा सबै प्रकारका सुर्तीजन्य पदार्थ जस्तै चुरोट, बिंडी, तमाखु, सिगार, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको हो ।

महानगरपालिकाले सार्वजनिक स्थललाई सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्न सबैलाई सहयोग गरिदिन पनि आग्रह गरेको छ।

महानगरगले यो सूचना अटेरी गरी सुर्तीजन्य पदार्थको सेवन गरेको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ अनुसार कारवाही र जरिवाना गरिने समेत जनाएको छ । सरकारले ११ वर्ष अघि नै सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन गर्न नपाइने कानून ल्याएको भए पनि यसको पूर्ण रुपमा कार्यान्वयन हुन भने सकिरहेको छैन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन