२ सातामै थपिए ६ हजार ४७२ डेंगुका बिरामी, १० जिल्ला बढी प्रभावित
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २ सातामै ६ हजार ४७२ जना डेंगुका बिरामी थपिएका छन्। अहिले १० जिल्लामा सबैभन्दा बढी डेंगुका बिरामी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका प्रवक्ता डा सन्जय ठाकुरका अनुसार अहिले १० जिल्लामा झण्डै ८४ प्रतिशत डेंंगुका बिरामी रहेका छन्। ती जिल्लाहरुमा ललितपुर, भक्तपुर, काठमाडौं, दाङ, मकवानपुर, रुपन्देही, काभ्रेपलाञ्चोक, तेह्रथुम, चितवनर धादिङ रहेका छन्।
अहिले देशभर ११ हजार ६२ जनामा डेंगु पुष्टि भइसकेको छ भने ती मध्ये बागमती प्रदेशमा मात्रै ८ हजार ३९० जना छन्। बागमती प्रदेशको पनि ललितपुरमा सबैभन्दा बढी डेंगुका बिरामी पुष्टि भएका छन्। ललितपुरमा हालसम्म २ हजार १३५ जना डेंगुका बिरामी फेला परेका छन् भने काठमाडौंमा १ हजार ८०५ जना बिरामी रहेको डा ठाकुरले जानकारी दिए ।
डेंगु रोगको कुनै खोप वा औषधि नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यसको सबैभन्दा उत्तम उपाय भएकाले यसको टोकाइबाट बच्न सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?