Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिए, १२६ जना संक्रमणमुक्त

२४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिए, १२६ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : गत २४ घण्टामा देशभर २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ५९ जनाको नमुना परीक्षण गरिएकोमा २०३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १२६ जना व्यक्ति संक्रमणमुक्त भएका छन।

अहिले देशभर २ हजार २३२ जना मात्र सक्रिय संक्रमित रहेका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट १२ हजार १५ जनाको ज्यान गएको छ । यसैगरी कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ६ प्रतिशत रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार