२४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिए, १२६ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : गत २४ घण्टामा देशभर २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ५९ जनाको नमुना परीक्षण गरिएकोमा २०३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १२६ जना व्यक्ति संक्रमणमुक्त भएका छन।
अहिले देशभर २ हजार २३२ जना मात्र सक्रिय संक्रमित रहेका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट १२ हजार १५ जनाको ज्यान गएको छ । यसैगरी कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ६ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?