‘लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाऔं’
हेल्थ टिभी अनलाइन \काठमाडौं : डेंगु संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि सरकारले सबैलाई लामखुट्टेको टोकाईबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउन आग्रह गरेको छ ।
डेंगु गराउने लामखुट्टेले राती भन्दा पनि दिउँसो उज्यालो समयमा टोक्ने भएकाले राती झूल लगाएर सुतेर मात्र नहुने भन्दै बिहान दिउँसो अनिवार्य पूरा बाहुला भएको लुगा लगाउन स्वास्थय मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका सह प्रवक्ता डा समीकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै डेंगुबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु भएकाले सबैले पूरा शरीर ढाकिने गरी लुगा लगाएर आफूलाई त्यसबाट बचाउन कोशिस गनुैपर्ने बताएका छन्।
यसैगरी मन्त्रालयले डेंगुबाट बच्न आफनो घर तथा कार्यालय वरपर पानी जम्न नदिन तथा सफा सुग्घर राख्न भनेको छ । मन्त्रालयले आफ्ना सबै कर्मचारी लगायत अन्य सबैलाई अफिस समयमा र घर बस्दा पनि पुरा बाहुला भएको लुगा लगाउन आग्रह गरेको छ ।
मन्त्रालयले यसअघि नै घर घरबाट प्रत्येक शनिबार लार्भा तथा अण्डा नस्ट गर्ने अभियान सुरु गरेको छ । प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट लामखुट्टे र यसको लार्भा तथा अण्डा खोजेर नस्ट गर्ने अभियानमा सरिक हुन आग्रह गरिएको छ ।
डेंगु रोग डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्छ । डेंगु भएपछि उच्च ज्वरो आउने, वाकवाकी लाग्ने, बान्ता हुने, मांसपेशी तथा जोर्नीहरु दुख्नने, शरीरमा राता बिमिराहरु देखा पर्ने, आँखाको गेडी दुख्ने जस्ता लक्षणहरु देखा पर्छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण