सातै प्रदेशमा फैलियो डेंगु, कुन प्रदेशमा कति ?
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा डेंगु रोगका बिरामीको संख्या दिन प्रतिदिन बढिरहेको छ । अहिले देशका सातै प्रदेशमा डेंगु रोग फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक सात प्रदेशका ७५ जिल्लामा डेंगुका बिरामी फेला परेका छन्।
महाशाखाको तथ्यांक अनुसार गत साउन यता देशमा ८ हजार ३२७ जनामा डेंगु पुष्टि भइसकेको छ । मनसुन छिटो सुरु भएकाले पनि यसपटक छिटो नै डेंगुका बिरामी देखिन थालेको महाशाखाका निर्देशक डा चुमनलाल दास बताउँछन्। उनले भने, ‘डेंगु सामान्यतया भदौ अन्तिमतिर देखिन सुरु गर्नुपर्ने हो तर यसपटक पानी छिटै परेकाले वैशाखदेखि नै फाट्टफुट्ट बिरामी देखिए । साउन यता भने यो दर निकै बढेको हो ।’अहिले बाग्मती प्रदेशमा सबैभन्दा बढी डेंगुका बिरामी देखिएका छन्।
महाशाखाका अनुसार प्रदेश १ मा २८२ जना, मधेश प्रदेशमा १४४ जना, बाग्मतीमा ६ हजार २०५ जना, गण्डकीमा १५० जना, लुम्बिनीमा १२ सय ८४ जना, कर्णालीमा ५६ जना र सुदूरपश्चिममा २०६ जनामा डेंगु देखिएको छ । यो संख्या भदौ २५ गतेसम्मको मात्र हो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?