डेंगु नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्दै सरकार
हेल्थ टिभी अनलाइन \काठमाडौं : डेंगु नियन्त्रण गर्न सरकारले राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशभर लामखुट्टे र यसको अण्डा तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्न आग्रह गरेको हाे ।
स्वास्थ्य मन्त्रालयले देशभर डेंगु संक्रमण बढ्न थालेपछि यसको नियन्त्रण र रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुलपार्ने ठाउँ खाेजी गर्दै सो नष्ट गरौं भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ।
मन्त्रालयलले यस अभियानमा स्थानीय निकायले नेतृत्व लिई महिला स्वास्थ्य स्वंयसेविका, स्वास्थ्यकर्मी, शिक्षक एवम सबै सरोकारवाला निकाय परिचालन गर्नुपर्ने र सबै घर धुरीबाट अभियान सञ्चालन गर्नुपर्ने जनाएको छ ।
डेंगुको सही तथ्यांक नआएपछि अबदेखि भने सबै डेंगुका बिरामीको विवरण अनिवार्य रुपमा स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउन समेत आग्रह गरिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?