Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डेंगु नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्दै सरकार

डेंगु नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्दै सरकार

हेल्थ टिभी अनलाइन \काठमाडौं : डेंगु नियन्त्रण गर्न सरकारले राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशभर लामखुट्टे र यसको अण्डा तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्न आग्रह गरेको हाे ।

स्वास्थ्य मन्त्रालयले देशभर डेंगु संक्रमण बढ्न थालेपछि यसको नियन्त्रण र रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुलपार्ने ठाउँ खाेजी गर्दै सो नष्ट गरौं भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ।

मन्त्रालयलले यस अभियानमा स्थानीय निकायले नेतृत्व लिई महिला स्वास्थ्य स्वंयसेविका, स्वास्थ्यकर्मी, शिक्षक एवम सबै सरोकारवाला निकाय परिचालन गर्नुपर्ने र सबै घर धुरीबाट अभियान सञ्चालन गर्नुपर्ने जनाएको छ ।

डेंगुको सही तथ्यांक नआएपछि अबदेखि भने सबै डेंगुका बिरामीको विवरण अनिवार्य रुपमा स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउन समेत आग्रह गरिएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि