थप १०४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर गत २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ५८७ जनाको नमुना परीक्षण गरिएकोमा १०४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज २ जना कोरोना संक्रमितको मृतयु भएको छ । नेपालमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या योसँगै १२ हजार १४ पुगेको छ । अहिले देशभर २ हजार ३१६ जना मात्र सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ४१२ जनाले मात्र कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?