नेत्रज्योति संघका महासचिव चन्द र बोर्ड सदस्य डा श्रेष्ठलाई अन्तराष्ट्रिय अवार्ड
हेल्थ टिभी अनलाइन \काठमाडौं : आाँखा स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै नेपाल नेत्रज्योति संघका केन्द्रिय महासचिव भरत बहादुर चन्द र बोर्ड सदस्य डा सविना श्रेष्ठलाई भारतमा अवार्डद्धारा सम्मान गरिएको छ ।
एशोसिएसन अफ कम्युनिटी अफथाल्मोलोजिस्ट अफ इन्डियाले चन्दलाई संघ मार्फत विभिन्न पहुँच नभएका व्यक्तिहरुलाई आँखा सेवा पुराएको र डा सविनालाई गाउँ गाउँसम्म पुगेर बालबालिकाको आँखा स्वास्थ्य सुधार गर्न योगदान गरेको भन्दै अवार्ड प्रदान गरेको हो ।
चन्दलाई ‘डा रामप्रसाद पोखरेल इन्डो नेपाल फ्रेन्डसीय अवार्ड’ र डा सविनालाई ‘मेहरा एकोइन अवार्ड’ प्रदान गरिएको हो ।
कार्यक्रम भारतको कास्मिरमा सम्पन्न भएको थियाे ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?