शनिबार १६३ जना कोरोना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर थप १६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ७४६ जनाको नमुना परीक्षण गरिएकोमा १६३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा १३० जना संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भने शुन्य रहेको छ । अहिले देशभर २ हजार ४३० जना मात्र सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?